बञ्चरेडाँडामा फोहोर फाल्न नदिन सत्तारुढ दलको सहमति

  • नेपाल राष्ट्रिय दैनिक
  • August 14, 2022
sisdol

सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका छन्।

धादिङ धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त रुपमा व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका हुन्।

विगत १७ वर्षदेखि राज्यले काठमाडौँ उपत्यकाको फोहोर सिसडोल र बञ्चरेडाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको र फोहोरको कारण स्थानिय बासिन्दाको जीवन कष्टकर बन्नुका साथै उनीहरु दीर्घरोगले पीडित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलन पश्चात काठमाडौं महानगर लगायत राज्यको विभिन्न अङ्गसंग पटक पटक गरेर अहिले सम्म १७४ वटा सहमति भएको तर सम्बन्धित निकायले सहमति कार्यान्वयन गर्न नचाहेको र राज्यको आफ्नै निकायले गरेको सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनतामाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गरेको र झुट्टो अभियोग लगाएर दुख दिन खोजेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। यी तमाम घटनाहरुकोबीच महानगर र राज्यसंग आफ्नो विश्वास गुमेको भन्दै स्थानिय बासिन्दाले फोहोर मैला दिर्घकालिन रुपमा बन्द गर्न राजनैतिक दलले नेतृत्व लिनुपर्ने माग गरेकाले सत्ता गठबन्धनको तर्फबाट आफुहरुले सो विषयमा सहमति गरेको बताइएको छ।
आफुहरुको मागलाई गम्भीरताको साथ नलिए आगामी संघ र प्रदेशको निर्वाचन बहिष्कार अभियानमा लाग्ने चेतावनी दिंदै, पिडित जनताहरु अहिले पनि आन्दोलनमा नै भएकोले हामीपनि आजकै दिनबाट उक्त आन्दोलनमा सहभागी जनाउने निर्णय गरेका छौँ भनि सत्तारुढ तिनै दलका नेताहरुले सहमति गरेका छन्।

fohor press realese 768x920 1
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५