जेठ १ गतेदेखि शनिवार र आइतवार हप्तामा दुई दिन सार्वजनिक बिदा

  • नेपाल राष्ट्रिय दैनिक
  • १४ बैशाख २०७९, बुधबार १४:२०
pradhanmantri karyalay mantrparishad


सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार गरि हप्तामा दुई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गर्दै हरेक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको थियो। मुलुकमा बढ्दो आर्थिक संकट र इन्धन अभावलाई ध्यानमा राखेर इन्धनको मूल्य आकासिएपछि सरकारले लागत घटाउने रणनीतिले यस्तो निर्णय गरेको बताइएको छ।

आइतबार र शनिबार दुई दिन बिदा दिएमा अर्बौं रुपैयाँको इन्धन खर्च घट्ने सरकारको तर्क रहेको छ । यसअघि नेपाल आयल निगमले पनि शनिबार र आइतबार दुई दिन सरकारी बिदा दिन सरकार समक्ष प्रस्ताव गरेको थियो ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५