प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लि झान्सुको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री देउवाबीच सिंहदरबारमा भएको भेटमा, प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा चीनले गरेको सहयोगको प्रशंसा गर्दै भने, ‘नेपाली भूमिमा चीनविरुद्धको गतिविधि हुन नदिने बताउनुभएको थियो ।प्रधानमन्त्री देउवाले सम्झौताले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
भेटमा झान्सुले दुई देशबीच असल छिमेकीका रूपमा ६ दशकभन्दा लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध स्थापित भएको बताउनुभयो । झान्सुले तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ नेतृत्वबीच सन् १९६० को दशकमा भएको भेट र भ्रमणको पनि स्मरण गर्नुभयो ।उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति पनि चीन गम्भीर र सचेत रहेको बताउनुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्