नेपाली फुटबल टोलीमा देखिएको विवादका विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार आज दिउँसो २ बजे बस्ने भनिएको बैठकको लागि निर्वाचित कार्यसमितिका पदाधिकारीलाई पत्राचार पनि गरिसकेको बताउनुभएको छ ।
एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई हटाएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरी र खेलाडीहरुबिच विवाद सुरु भएको थियो। सोहि विषयमा खेलाडीहरुले छानविनको माग गर्दै आएका छन्। करिब २ साता पछि पनि विवाद समाधान हुन नसकेपछि एन्फाले आजको बैठक डाकेको हो।
आफ्नो प्रतिक्रिया दिनुहोस्