गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

  • नेपाल राष्ट्रिय दैनिक
  • १५ जेष्ठ २०७९, आईतवार ०८:५६
bidhya devi bhandari

१५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै सामाजिक न्यायसहित समृद्धिको मार्गमा अघि बढ्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

उहाँले,देशको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै सामाजिक मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दै,गणतन्त्रको वास्तविक सन्देश भनेको जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउने र नेपाललाई बलियो र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु हो भन्ने संदेश दिन खोज्नु भएको छ ।

राष्ट्रपति भण्डारीले, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवनको बलिदान दिएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५