शिक्षा विधेयकविरुद्ध शिक्षकहरू आन्दोलनमा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 20, 2023
teachers aandolan

काठमाडौँ- सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएर प्रदर्शनमा उत्रिएका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु माइतिघरमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

विधेयकमा राहत शिक्षकलाई स्थायी गर्ने व्यवस्था नगरिएको, अस्थायी शिक्षकलाई तलबबाहेक कुनै सुविधा नदिने व्यवस्था गर्न लागिएको, ट्रेड युनियन खारेजी, सरुवा–बढुवा स्थानीय तहलाई दिने लगायत विषयप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर लगायतका नारा लेखिएका प्लेकार्ड सहित नाराबाजी गरिरहेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५