एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टिभन जेरार्ड बर्खास्त

  • नेपाल राष्ट्रिय दैनिक
  • October 21, 2022
Stevan Gerrad premier league

एस्टन भिल्लाले मुख्य प्रशिक्षक स्टिभन जेरार्डलाई बर्खास्त गरेको छ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा एस्टन भिल्ला, फुलहमसँग ३-० ले पराजित भएपछि क्लबले उनलाई बर्खास्त गरेको हो। एस्टन भिल्ला अङ्क तालिकामा १७ औं स्थानमा रहेको छ भने फुलहमले नवौं स्थान प्राप्त गरेको छ।

एस्टन भिल्लाको वेबपेजमा ,”हामी स्टिभनलाई उनको कडा परिश्रम र प्रतिबद्धताको लागि धन्यवाद दिन चाहन्छौं र उनको भविष्यको लागि शुभकामना दिन्छौं” भनेर विज्ञप्ति सार्वजनिक गरिएको छ।

नोभेम्बर २०२१ मा डिन स्मिथको स्थानमा नियुक्त गरिएका जेरार्डले स्कटिश क्लब रेंजर्ससँग आफ्नो पहिलो व्यवस्थापकीय पदमा तीन वर्ष बिताएका थिए ।लिभरपुलका पूर्व मिडफिल्डर, जेरार्डले एनफिल्डमा प्रतिष्ठित १७ वर्षको व्यावसायिक करियरमा रेड्सका लागि ५०४ प्रिमियर लिग खेलेका थिए भने उनलाई २०२१ मा प्रिमियर लिग हल अफ फेममा समावेश गरिएको थियो।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५