आयोगद्वारा निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक

  • नेपाल राष्ट्रिय दैनिक
  • October 1, 2022
nirwachan aayog

निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गरको छ।

आयोगले सार्वजनिक गरेको तालिका अनुसार आश्विन २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने छ र सोहि दिन आयोगले उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने छ।

आश्विन २४ गते उमेद्वारहरुको विरुद्द उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ भने, २४ गते र २५ गते मनोनयन र उजुरी उपर छानविन गरि २५ गते राति ७ बजेसम्म आयोगले उम्मेदवारहरुको नामावली सार्वजनिक गर्नेछ।

आफ्नो उम्मेद्वारी फिर्ता गर्न चाहने उम्मेदवारहरुको लागि २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसैगरी, २६ गते ३ बजेसम्म आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र २६ गते नै राति ७ बजेभित्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह उपलब्ध गराउने आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तालिका अनुसार मंसीर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया जारी रहने छ।

aaa nomination requirement
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५