जथाभावी उत्खनन् विषयमा अध्ययन गर्न सर्वोच्चको आदेश

  • नेपाल राष्ट्रिय दैनिक
  • March 4, 2022
sarbochha ad 570464315 1

सर्वोच्च अदालतले देशभरका नदीनाला तथा खोलाहरूबाट जथाभावी रूपमा भइरहेको रोडाढुङ्गा तथा गिट्टी बालुवा उत्खनन्का विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

वातावरण कानून समाजका अध्यक्ष एवं अधिवक्ता पदमबहादुर श्रेष्ठले देशभरका नदीनालाबाट जथाभावी रूपमा गरिएको उत्खननले मानव जीवन, बस्ती र वातावरणमा प्रतिकूल असर गरेको भनी दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले देशभर नदी उत्खननका बारेमा अध्ययन गर्न बहालवाला सचिवको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्न समेत आदेश जारी गरेको हो ।

साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ विपरीत हुनेगरी उत्खनन नगर्न÷नगराउन भनी १७ साउन २०७८ मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिनसमेत आदेश दिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५