प्रधानमन्त्री देउवाद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

  • नेपाल राष्ट्रिय दैनिक
  • August 27, 2022
butwal antarashtriya sammelan kendra

प्रधानमन्त्री शेर बहादुर देउवाले आज बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट बुटवल पुग्नुभएका प्रधानमन्त्री देउवाले आज एक औपचारिक समारोहबीच सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको हो। प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खांड, शहरी विकास मन्त्री मेटमणि चौधरी ,एमाले नेता विष्णु पौडेल र रामकुमारी झाँक्री लगायतको उपस्थिति रहेको छ।

रामनगरस्थित बुटवल मण्डपको ९ बिघा जमिनमा बनाइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मुख्य हलमा बालकोनी ४ सय सिट र तल्लो तहको ३ सय सिट गरि १ हजार सिट क्षमताको रहेको छ। मुख्य हल सहित गोष्ठी र सेमिनारको लागि बनाइएको अन्य १२ वटा हाल गरेर सम्मेलन केन्द्रको कुल सिट क्षमता २७ सय सिट रहेको छ।

१ अर्ब ११ करोडको लागतमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ५ वटा प्रवेशद्वार रहेका छन् भने, एउटा हेलिप्याड सहित ४ सय वटा चारचक्के गाडी र ४ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने व्यवस्था रहेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५