युरोप-अमेरिका व्यापार युद्धले चीनलाई फाइदा पुर्‍याउनेछ – काजा कालास

  • नेपाल राष्ट्रिय दैनिक
  • February 4, 2025
kaja kallas

ब्रसेल्स- युरोपेली विदेश नीति प्रमुख काजा कालासले युरोपेली संघ र अमेरिकाबीच सम्भावित व्यापार युद्धले चीनलाई फाइदा पुग्ने बताएकी छन्।

समुदायको अनौपचारिक शिखर सम्मेलनमा ब्रसेल्स पुगेकी कालासले पत्रकारहरुसंग कुरा गर्दै सो कुरा बताएकी हुन्। पत्रकारहरुसंग कुरा गर्दै उनले भनिन्,”यदी युरोप र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध सुरु गरे भने त्यसको फाइदा चीनले लिनेछ ” ।

अमेरिकाले युरोपेली सामानहरूमा कर लगाउनाले दुवै पक्षले उच्च मूल्यवृद्धिको सामना गर्नुपर्ने र अन्य धेरै नकारात्मक परिणामहरू निम्त्याउनेछ र यस्तो निर्णयले रोजगारीमा समेत नकारात्मक असर पार्ने उनले बताएकी छन्।

फेब्रुअरी २ मा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली राष्ट्रहरुलाई थप भन्सार शुल्क लगाउन सक्ने बताएका थिए।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५