भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानीमा मोदी

  • नेपाल राष्ट्रिय दैनिक
  • October 12, 2023
narendra modi

दार्चुला — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । उनी हेलिकप्टरबाट बिहान करीब साढे ८ बजे भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ क्षेत्रमा उत्रिएका हुन् ।

मोदीले जोलिङ्काङमा पूजापाठ गर्ने र कैलाश पर्वतको दर्शन गर्ने जनाइएको छ । कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग छलफल गर्ने बुझिएको छ ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन् । मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्र पुगेका छन् ।

यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले अतिक्रमित सीमा क्षेत्रमा मोदीको भ्रमणको बारेमा नेपाललाई कुनै औपचारिक जानकारी नभएको बताएका छन् भने, मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेशमा रोक लगाइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५