बेलायती प्रधानमन्त्री लिज ट्रसद्वारा राजीनामा

  • नेपाल राष्ट्रिय दैनिक
  • October 20, 2022
lizz truss british prime minister

बेलायती प्रधानमन्त्री लिज ट्रसले आज एक विज्ञप्ति जारी गर्दै कन्जरभेटिभ पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् ।

टोरी नेताका रूपमा निर्वाचित भएको जनादेश दिन नसक्ने भन्दै उनले राजीनामा दिएकि हुन्। भावी प्रधानमन्त्रीको लागि कन्जरभेटिभ नेतृत्वको चुनाव अर्को हप्ता हुने र अर्को प्रधानमन्त्री चयन नहुँदासम्म आफु कार्यबाहकको रुपमा रहने पनि उनले बताएकी छन्।

४५ दिनको कार्यकाल मात्र पुरा गरेकी ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेकी छन्।

चार महिनामा दुई प्रधानमन्त्रीले राजीनामा दिएपछि बेलायतका विपक्षी दलका नेताहरूले भने तत्काल आम निर्वाचन गर्नुपर्ने माग गरेका छन् ।

स्वर्गीय महारानी एलिजाबेथ दृतियले नियुक्त गर्नुभएको उनि अन्तिम प्रधानमन्त्री थिइन भने उनको प्रधानमन्त्रीको कार्यकाल १० -दिनको शोक अवधिको साथ सुरु भएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५