निर्वाचन आयोगलाई भारत सरकारको उपहार: ८० वटा सवारी साधन

  • नेपाल राष्ट्रिय दैनिक
  • November 3, 2022
nirwachan aayog

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि उपहार स्वरुप निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका छन्।भारत सरकारले दिएको सहयोगले निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने आयुक्त थपलियाले बताउनुभएको छ ।

नेपालको अनुरोधमा विगतका वर्षहरूमा पनि भारतले आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको थियो भने भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारी साधन उपहार स्वरूप प्रदान गरिसकेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५