पश्चिमी समर्थित सरकारको पतन पछि सत्तामा पुगेको तालिवानले अफगानिस्तानमा गएको विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ।
तालिबानका एक वरिष्ठ अधिकारी अब्दुल काहर बल्खीले,अफगानिस्तान मानवीय र आर्थिक संकटको बीचमा रहेको र सरकार आवश्यकता अनुसार जनतालाई आर्थिक रूपमा सहयोग गर्न असमर्थ भएकोले अन्तराष्ट्रिय सहयोगको लागि अपिल गरेका छन्।
भूकम्पको कारण हालसम्म त्यहाँ १,००० भन्दा बढीको मृत्यु भएको र १,५०० भन्दा बढी मानिस घाइते भएका छन्। घर र भौतिक संरचनाहरु ध्वस्त भएका छन्। भारी वर्षा र स्रोतको अभावका कारण उद्धार कार्यमा बाधा पुगेको छ ।उद्धारकर्ताहरूका अनुसार मृतकको संख्या थप बढ्ने सक्ने अनुमान गरिएको छ।
खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्