बाजुराको बुढीगंगा नगरपालिकाको १ र १० दुवै वडामा एमाले उम्मेदवार विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 8, 2022
bajura elect

बाजुराको बुढीगंगा नगरपालिका १ र १० मा भएको निर्वाचन अन्तर्गत दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

बाजुराको बु्ढीगंगा नगरपालिका १० मा ४९१ मत ल्याएका काँग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद ५४८ मत ल्याएर विजयी भएका छन्।सोही वडाबाट एमालेका नगरप्रमुख उम्मेदवार रामबहादुर बाँनियाले ६०२ र काँग्रेसका रंगबहादुर खातिले ४३६ मत ल्याएका छन् भने उपप्रमुखमा एमाले उम्मेदवारले ५७५ र काँग्रेस उम्मेदवारले ४७१ मत प्राप्त गरेका छन्।

त्यसैगरी,वडा नम्बर १ को अध्यक्षमा कांग्रेस उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै एमालेका रणबहादुर थापा विजयी भएका छन्। विजयी थापाले ३५३ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी लोगबहादुर थापाले ३१८ मत ल्याएका छन् । सोही वडाबाट एमालेका नगरप्रमुख उम्मेदवारको ३५० तथा काँग्रेसका नगरप्रमुख उम्मेदवारको ३३८ मत आएको छ भने एमालेका उपप्रमुख उम्मेदवारले ३५० र काँग्रेसका उपप्रमुख उम्मेदवारले ३३८ मत ल्याएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५