अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउन पार्टीभित्रै आन्तरिक छलफल

  • नेपाल राष्ट्रिय दैनिक
  • ३० जेष्ठ २०७९, सोमबार १२:५५
janardan

अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउने विषयमा नेकपा माओवादी केन्द्रभित्रै आन्तरिक छलफल सुरु भएको छ।

पटक पटक विवादमा तानिएका अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउने विषयमा अहिले माओवादी केन्द्रका प्रतिनिधिहरु आन्तरिक छलफलमा जुटेका छन्। अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर माओवादी केन्द्रनै विवादमा तानिने र पार्टीको छवि बिग्रने अवस्थामा पुगेपछि अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्मालाई निजि निवास खुमलटार बोलाएर करिब २ घण्टा भन्दा बढी समय यस विषयमा छलफल गरिएको जानकारी प्राप्त भएको छ।

त्यसो त गर्भर्नर निलम्बन प्रकरण र आफ्ना विवादित अभिव्यक्तीका कारण पटक पटक आलोचित बन्दै आएका शर्मालाई यस अघि पनि हटाउनुपर्ने माग उठेको थियो। तर बजेट सार्वजनिक गर्ने समयमा अर्थमन्त्री हटाउँदा यसले नराम्रो संदेश जाने भन्दै यो विषय यतिकै ओझेलमा पर्यो। तर पछिलो समय सिमित व्यक्ति र संस्थालाई लाभ पुग्ने गरि बजेट तयार गरिएको विषयलाई लिएर सरकारको आलोचना सुरु भएपछी अहिले उनलाई हटाउनेबारे आन्तरिक छलफल सुरु भएको हो।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५