नेपाली काँग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • July 20, 2022
sachtak and pramukh sachetak congress

नेपाली कांग्रेसले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ।

नेपाली काँग्रेसका पार्टी सभापति एवं संसदीय दलका नेता शेर बहादुर देउवाले बुधबार पार्टीको प्रमुख सचेतक र सचेतकको रुपमा यादव र विश्वकर्मालाई नियुक्त गर्नुभएको हो।
यस अघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि र सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख बनेपछि रिक्त रहेको दुवै पद पूर्ति गर्दै यादव र विश्वकर्मालाई नियुक्त गरिएको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५