महाभारत क्षेत्रमा लागेको आगो एक सातापछि नियन्त्रणमा

  • नेपाल राष्ट्रिय दैनिक
  • १४ माघ २०८१, सोमबार १७:४१

काभ्रे – गत मंगलबारबाट खानीखोला गाउँपालिका हुँदै बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्रको थामलेकमा लागेको भीषण आगलागी एक सातापछि नियन्त्रणमा आएको छ ।

वनमा लागेको डढेलो एक सातापछि आफै पूर्ण रुपमा नियन्त्रणमा आएको छ । डढेलो फैलिनसक्ने क्षेत्रमा पूर्णरुपमा नियन्त्रण भइसकेको भएपनि खोँचहरु तथा अझै केही ठाउँमा पुराना ठूला रूखका ठुटाहरूमा आगो निभ्न बाँकी रहेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताएका छन्।

यस्तै जिल्ला वन कार्यालय काभ्रेका अनुसार खानीखोला गाउँपालिका र बेथानचोक गाउँपालिकाका ५ वटा सामुदायिक वनको झण्डै १ सय हेक्टर वन आगलागीले नष्ट भएको छ ।

त्यस्तै भुम्लु-४ चौवासमा रहेको धारापानी र चापानीगढी सामुदायिक वनमा लागेको आगो समेत पूर्णरूपमा नियन्त्रणमा आएको जिल्ला वन कार्यालय काभ्रेले जनाएको छ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५