मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित

  • नेपाल राष्ट्रिय दैनिक
  • October 12, 2022
dipak manange

मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् ।

२०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेद्वारी दिएर नेकपा एमालेको समर्थनमा चुनाव जितेका मनाङेलाई यस पटक पनि कांग्रेस र एमाले दुवैले समर्थन जनाउँदै कुनै पनि उम्मेद्वारी दिएनन्। मनाङ्गेसँगै प्रतिस्पर्धीको रुपमा स्वतन्त्र उम्मेद्वारी दिएका दोर्जे लामाले पनि मनाङ्गेलाई नै समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि उनि निर्विरोध चयन भएका हुन्।

यसअघि स्वतन्त्र उम्मेद्वारी जितेका उनि गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री समेत रहेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५