पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एन अल्फा इको ट्यांगो कल साइन भएको जहाज आज बिहान देखि नै सम्पर्कविहीन हुन पुगेको छ।उक्त जहाज लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको र त्यसपछि एकाएक सम्पर्कविहीन भएको थियो।
जहाजको खोजि कार्य तिव्र पारिएको छ। जहाजका क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा टिटी लेक आसपासमा लोकेसन पत्ता लागेकाले नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको तर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन् ।खोजि कार्यको लागि पैदलयात्राबाट पनि सेना र प्रहरीको टोली परिचालन गरिएको छ भने काठमाडौंबाट हिमालयन रेस्क्युको टोली पनि पठाइएको छ ।
जहाजमा १९ यात्रु र तीन जना चालक दलका सदस्य रहेको बताइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्