जनजाति समुदायमाथि भएको प्रहरीको दमनबारे छानबिन समिति गठन

  • नेपाल राष्ट्रिय दैनिक
  • August 10, 2023
Home ministry nepal griha mantralaya

श्रावण २५,काठमाडौँ- जनजाति समुदायको आन्दोलनमा टेकु प्रहरीले गरेको दमन र हिरासतमा कुटपिट गरेको घटनालाई लिएर सरकारले छानबिन समिति गठन गरेको छ ।

अधिवक्ता भगवती पाण्डेले तामाङ, मगर र मुस्लिम समुदायको विवाह संस्कारबारे दिएको विवादास्पद अभिव्यक्तिविरुद्ध आन्दोलनमा उत्रिएका तामाङ र मगर समुदायका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको भन्दै प्रहरीको कडा आलोचना भएको थियो ।

उक्त घटनाबारे छानबिन गर्न सरकारले गृह मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्दै सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न १० दिनको म्याद दिएको छ।

आन्दोलनको क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको र तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएर हिरासतमै चरम यातना दिएको भन्दै प्रहरी विरुद्द छानबिन समिति गठन गरिएको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५