दुईजना नेपालीभाषीलाई भारतको पद्मश्री पुरस्कार

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2025
gita upadyaya narendra gurung

काठमाडौँ- भारत सरकारले आसामकी साहित्यकार गीता उपाध्याय र सिक्किमका लोक कलाकार तथा सांस्कृतिक प्रतिभा नरेन गुरुङलाई पद्मश्री पुरस्कार दिने निर्णय गरेको छ । उनीहरूलाई भारतका राष्ट्रपति द्रौपदी मुर्मूले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा पुरस्कार दिने कार्यक्रम रहेको छ ।

हरेक वर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतले विभिन्न विधामा योगदान पुर्‍याएका व्यक्तित्वलाई पद्मश्री पुरस्कार प्रदान गर्ने गरेको छ । सिक्किमेली नेपाली लोकसंगीत र नृत्य परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएकोमा गुरुङलाई कला (गायन–लोक नेपाली) क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरेको हो  भने साहित्य र शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आसामकी वरिष्ठ नेपाली साहित्यकार एवं प्रोफेसर गीता उपाध्यायलाई यो सम्मानले सम्मानित गर्न लागिएको हो  ।

यसअघि सन् २०२० मा सोही सम्मानले आसामका वरिष्ठ आख्यानकार लीलबहार क्षेत्री सम्मानित भएका थिए । ‘उत्तर–पूर्वाञ्चलबाट पद्मश्रीजस्तो सर्वोच्च सम्मानले सम्मानित हुने पहिलो गोर्खा सन्तान लीलबहादुर क्षेत्री हुन् भने गीता उपाध्याय भारतभरिकै पहिलो गोर्खा नारी हुन्

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५