पोलमा झुन्डाएर राखिएका तार व्यवस्थापन गर्न काठमाडौं महानगरको १५ दिने अल्टिमेटम

  • नेपाल राष्ट्रिय दैनिक
  • April 24, 2023
Kathmandu mahanagarpalika

वैशाख ११ , काठमाडौं – पोलमा झुन्डाएर राखिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिकाले सेवा प्रदायक संस्थाहरुलाई १५ दिनको म्याद दिएको छ ।

महानगरको नगर प्रमुखस्तरीय निर्णयले टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विधुत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै अनावश्यक र प्रयोगविहीन तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकेको हो।

महानगरले सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु, दूरसञ्चार प्राधिकरण, सीसीटिभी क्यामेरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण विभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल (आईएसपीएएन) लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरेको छ ।

तोकिएको अवधिमा अवधिमा पनि तार हटाउने काम नभएमा महानगरले कार्य समूह गठन गरेर अनावश्यक तार हटाउने काम थाल्ने र यसबाट लाभग्राहीमा असुविधा भए त्यसको जिम्मेवार सेवाप्रदायकले नै लिनुपर्ने महानगरले जनाएको छ।

तार हटाउन नगर प्रहरी उपरीक्षकको नेतृत्वमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, एनसेल, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपालका प्रतिनिधि रहने गरी टोली गठन गर्ने र तार हटाउने कामको अनुगमन महानगरकी उपप्रमुखको संयोजकत्वमा सरोकारवाला कार्यालय तथा संस्थाका प्रतिनिधि रहने गरि गर्ने महानगरले बताएको छ

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५