लाल मोहम्मद हत्यामा संलग्न तीन जना सार्वजनिक

  • नेपाल राष्ट्रिय दैनिक
  • September 30, 2022
Lal mohammad case arested

काठमाडौंको गोठाटारमा लाल मोहम्मद अन्सारीको गोली हानी हत्या गर्ने समूहका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले सार्वजनिक गरेका तीनजनामा वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङ रहेका छन् । हत्या योजना बनाएको र हतियार व्यवस्थापनमा सहयोग गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ। पक्राउ परेकाको बयानको आधारमा थप अनुसन्धान अगाडी बढाउने प्रहरीले जनाएको छ।

आश्विन ३ गते मोटरसाइकलमा आएका २ जनाले गोली प्रहार गरि लाल मोहम्मदको हत्या गरेका थिए।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५