भिजिट भिसामा विदेश गएर काम नगर्न गृह मन्त्रालयको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • July 27, 2022
Home ministry nepal griha mantralaya

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारि गर्दै, भिजिट भिसामा विदेश गएर काम नगर्न नागरिकहरुलाई आग्रह गरेको छ।

नेपाली नागरिकहरु भिजिट भिसामा वेदेश गएर काम गर्न खोज्दा अलपत्र पर्ने गरेको र त्यस्ता नागरिकहरुलाई उद्दार गरि स्वदेश फर्काउने क्रममा विमा, क्षतिपूर्ति र राहत उपलब्ध गराउन समेत कानुनि आधार नहुने हुँदा नागरिकले झन् ठुलो कठिनाई भोग्नुपर्ने भन्दै गृह मन्त्रालयले भिजिट भिसामा गएर काम नगर्न आग्रह गरेको छ।

रोजगारीका लागि विदेशमा जाने नेपालीहरुले पनि सम्बन्धित निकायबाट प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेरमात्र जान मन्त्रालयले जारि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।मन्त्रालयले जारी गरेको विज्ञप्तिमा स्थानीय तहले समेत आफ्नो क्षेत्रभित्रका नागरिक विदेश भ्रमण वा रोजगारीका सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरुको अभिलेख राख्न आग्रह गरेको छ।

मन्त्रालयका सहसचिव/ प्रवक्ता फणिन्द्रमणि पोख्रेलले जारि गर्नुभएको विज्ञप्तिमा भिजिट भिसालाई पर्यटनको रुपमा मात्र प्रयोग गर्न र भिजिट भिसामा विदेश गएर रोजगारको प्रलोभनमा नपर्न आग्रह गरिएको छ।

visit visa
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५