गृहमन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन

  • नेपाल राष्ट्रिय दैनिक
  • February 7, 2025
Nepali congress office protest grihamantri 2 dalit protest

काठमाडौं – सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ गरिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजिनामा र उनको कारबाहीको माग गर्दै दलित अधिकारकर्मीहरुले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका छन् ।

दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले गृहमन्त्रीको राजनीनामा र उनलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कांग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५