विवादित भारतीय क्रिकेटर नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • August 8, 2022
Manoj Prabhakar can

विवादित पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नियुक्त गरेको छ ।

भारतीय क्रिकेटर मनोज प्रभाकरलाई म्याच फिक्सिङको आरोपमा बीसीसीआईले भारतीय राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो।
२०११-१२ को रणजी ट्रफी सिजन सुरु हुनुभन्दा दुई दिनअघि प्रभाकरलाई दिल्लीको क्रिकेट टिमको प्रशिक्षकबाट पनि बर्खास्त गरिएको थियो।
उनी अफगानिस्तान क्रिकेट टोलीका बलिङ प्रशिक्षक र राजस्थान क्रिकेट टोलीका मुख्य प्रशिक्षक पनि थिए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएपछि उनको स्थानमा प्रभाकरलाई नियुक्त गरिएको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५