राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि

  • नेपाल राष्ट्रिय दैनिक
  • July 12, 2023
sita dahal

असार २७,काठमाडौँ- सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्व. सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय गरेको छ।

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शोक वक्तव्य जारी गर्दै स्व. सीता दाहालको अन्त्येष्टिमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरको जानकारी दिएकी छन्।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ ।

दाहालकी धर्मपत्नी सीता दाहालको बुधबार बिहान ८:३३ बजे निधन भएको हो ।

rajkiya samman sita dahal
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५