पाल्पामा बस दुर्घटना हुँदा एक यात्रुको मृत्यु १० घाइते

  • नेपाल राष्ट्रिय दैनिक
  • April 23, 2023
617e30b59c76f dadeldhura bus accident

वैशाख १०- पाल्पा- पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने बसमा सवार अन्य १० यात्रु घाइते भएका छन् ।

बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै सडकबाट करीब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेहरूको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको छ उनीहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५