सत्तारुढ गठबन्धनको सिट बाँडफाँडका लागि बालुवाटारमा बैठक

  • नेपाल राष्ट्रिय दैनिक
  • September 1, 2022
five party karyadal YiOui5f2Cy 1

सत्तारुढ दलको सिट बाँडफाँडका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

कार्यदलको बैठकअघि सत्तारुढ पाँच दलका शीर्ष नेताबीच छलफल भएको र सो छलफल लगत्तै कार्यदलको बैठक सुरु भएको हो ।

बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा गठित कार्यदलले प्रतिवेदन तयार गरी शीर्ष नेताहरुलाई बुझाएको छ ।

यसअघि कांग्रेसले प्रतिनिधिसभामा १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादी पार्टीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिट दावी गरेको थियो ।

तर, यसअघि बसेको बैठकमा आगामी निर्वाचनका लागि सिट बाँडफाँडका विषयमा कुनै सहमति हुन भने सकेन।

https://nepalrastriyadainik.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%9f-%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%ab%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%a6%e0%a4%b2%e0%a4%b2%e0%a4%be/
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५