एक साताभित्र राष्ट्रियसभाको उपाध्यक्ष चयन गर्न वामदेव गौतमको माग

  • नेपाल राष्ट्रिय दैनिक
  • July 14, 2022
Bamdev Gautam

राष्ट्रियसभाका सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एक साताभित्र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गराउन सभामुख गणेशप्रसाद तिमिल्सिनालाई आग्रह गर्नुभएको छ।
सांसद गौतमले राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको अध्यक्ष तत्काल टुंगो लगाउन सभामुख तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभएको छ।

राष्ट्रियसभाका ४ मध्ये ३ समिति नेतृत्वविहीन रहेको उल्लेख गर्दै उनले अध्यक्ष तिमिल्सिनाले तत्काल व्यवस्था गर्न ध्यान नदिए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

वरिष्ठ सदस्यका रुपमा सांसद गौतमले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन संसदमा प्रस्तुत गर्नुभएको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५