नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन

  • नेपाल राष्ट्रिय दैनिक
  • August 20, 2022
pradip giri congress

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ ।

घाँटीको क्यान्सरबाट पीडित गिरीको ७४ वर्षको उमेरमा उपचारको क्रममा शनिबार राती ९.३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

विगत लामो समयदेखि भारतमा घाँटीको क्यान्सरको उपचार गराइरहेका गिरीलाई नेपाल फ़र्किएपछि उपचारको क्रममा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

२००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको सन्तानका रुपमा सिरहाको बस्तीपुरमा जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।वीपी कोइरालाका सहयात्रीसमेत रहेका नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए। राजनीतिक जीवनको क्रममा उनले करिब चार वर्षको जेल जीवन समेत बिताएका थिए ।

अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

२०५१ सालदेखि संसदीय राजनीतिमा सक्रिय बनेका गरी पटक-पटक सांसद बनेका भए पनि मन्त्री भने बनेनन् । २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित गिरी, २०६४ ,२०७० र २०७४ को निर्वाचनमा पनि सांसदको रुपमा विजयी भएका थिए।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५