नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • August 13, 2022
congress 1

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

सभापति शेरबहादुर देउवाले बिहान ९ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक आहवान गर्नुभएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ।

आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्न ,निर्वाचनको तयारीको विषयमा छलफल गर्न र श्रावण ३० र ३१ गते गर्ने भनिएको जनप्रतिनिधिको प्रशिक्षणको विषयमा छलफल गर्न बैठक आहवान गरिएको समेत प्रवक्ता महतले जानकारी दिनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५