एसपीपी विवाद चर्किरहेको बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउंदै

  • नेपाल राष्ट्रिय दैनिक
  • July 27, 2022
Donald Lu

दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहिबार नेपाल आउने भएका छन्।

नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई लिएर विवाद चर्किरहेको बेला दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु २ दिने भ्रमणका लागि बिहिबारनेपाल आउने भएका छन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । तर, उनको नेपाल भ्रमणबारे अन्य विस्तृत जानकारी भने खुलाइएको छैन ।

यसअघि उनले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउन महत्वपूर्ण भूमिका खेलेको बताइंदै आएको छ । तर एमसीसी सम्झौतालाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न नेपाली नेताहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेको र वाशिङटनले नेपालसँगको सम्बन्धको समीक्षा गर्ने र सम्झौता अनुमोदन गर्न नेपाल असफल हुनुको पछाडि चीनको हात रहेको बुझिने भन्ने धम्की दिएको भन्ने माओवादी नेता प्रचण्डको खुलासापछि उनको चर्को आलोचना समेत भएको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५