सेन्ट्रल कीभमा मिसाइल आक्रमण

  • नेपाल राष्ट्रिय दैनिक
  • October 10, 2022
central kiev hit by missile

रूसी क्षेप्यास्त्रहरूले सोमबार बिहान मध्य कीभका धेरै स्थानहरुमा एकैपटक आक्रमण गरेको छ।

मेयर भिटाली क्लित्सकोले किभका बासिन्दाहरुलाई आश्रय खोज्न र राजधानी यात्रा नगर्न आग्रह गरेका छन् । शहरको महत्वपूर्ण पूर्वाधारहरुमा आक्रमण भएको उनले बताएका छन्।

युक्रेनी आन्तरिक मन्त्रीका सल्लाहकार एन्टोन गेराश्चेन्कोले, युक्रेनको सुरक्षा सेवा (एसबीयू) को मुख्य कार्यालय रहेको भ्लादिमिरस्काया स्ट्रिटमा आक्रमण भएको बताएका छन्।

युक्रेनले राष्ट्रपति पुटिनको जन्मदिनमा रुस र क्रिमिया जोड्ने पुलमा ट्रक विस्फोट गराएर पुलमा आक्रमण गरेपछि क्रेमलिनले य्क्रें विरुद्द झनै कडा रुपमा प्रस्तुत हुने र युक्रेनको सो कदमले युद्दलाई प्रश्रय दिएको बताएको थियो।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५