जेठ-१, काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट वितरण हुँदै आएको पानि पानी आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिनका लागि बन्द गर्ने भएको छ।
आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायतका संरचनाहरुको निर्माण तथा सुधार कार्य गर्न २०८० जेठ ५ देखि १५ गतेसम्म १० दिनका लागि आयोजनाको मेलम्ची सुरुङ बन्द गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
वर्षा याममा हुनसक्ने सम्भवित प्रकृतिक प्रकोप कारण आयोजनामा थप क्षति हुन नदिन सो उपकरण जडान गर्न लागिएको र उक्त १० दिनको अवधीभर काठमाडौं उपत्यका खानेपानी वितरणको तालिका हेरफेर हुने पनि बताइएको छ। खानेपानी वितरणको तालिका काठमाडौं उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयहरुको फेसबुक पेजमार्फत प्रकाशन गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्