ताप्लेजुङ घटनाबारे छलफल गर्न गृहमन्त्रीले बोलाए सांसद

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2025
ramesh lekhak

काठमाडौं – ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणको प्रक्रिया रोक्न स्थानीयले माग गर्दै आएको र सो क्रममा स्थानीयले अवरोध गर्दा भएको झडपमा प्रहरीले गोलि प्रहार गर्दा ३ जना घाइते भएको घटनालाई लिएर छलफल गर्न गृहमन्त्री रमेश लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई छलफलमा बोलाएका छन् ।

‘नो केबलकार अभियान’को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबीच झडप हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलि चलाउँदा तिन जना स्थानिय घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याएको छ ।

प्रहरीले दमन गरेको भन्दै विरोधमा उत्रिएकाहरुले आज मेची राजमार्ग, तमोर करिडोर बन्द आह्वान गरेका छन् । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरुले माघ १५ गतेदेखि अनिश्चितकालीन बन्दको आह्वान समेत गरेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५