काठमाडौं – साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ५४.०४ अंकले बढेको छ। केही दिन यता निरन्तर उकालो लागेको नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ७० अंक बढीले बढेको थियो। मंगलबार ९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो, भने बुधबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँ बराबरको कारोबार भएको छ।
यसक्रममा आज ३२ लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएको छ भने, कारोबारमा आएका २०४ स्टकको मूल्य बढ्दा ३२ वटाको घटेको छ र ६ वटाको मूल्य भने स्थिर रहन पुगेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्