आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले १० अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
निर्वाचन आयोगले आगामी निर्वाचनको लागि १० अर्ब बजेट प्रस्ताव गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जनाएको छ। निर्वाचनमा आवश्यक सामग्रीको खरिद प्रक्रिया पनि सुरु भइसकेको आयोगले जानकारी दिएको छ।
आयोगले निर्वाचन आचारसंहिता, २०७८ लाई परिमार्जन गर्न दलहरुसंग छिट्टै परामर्श गर्ने जनाएको छ भने अनुगमनका लागि अनुगमन निर्देशिका र पर्यवेक्षणका लागि पर्यवेक्षण निर्देशिका पनि जारी गर्ने तयारी गरेको आयोगले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्