काठमाडौं महानगरपालिका र सिसडोल तथा बन्चरे डाँडाका स्थानीयबीच शुक्रबार मध्यराति फोहोर व्यवस्थापन सम्बन्धि विषयमा १८ बुंदे सहमति भएको छ।
गएराती भएको सहमति लगत्तै उपत्यकाको फोहोर उठ्ने भएको छ।
ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीचको सहमतिअनुसार आगामी दिनबाट फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । स्थानीयवासीका लागि महानगरले प्रभावित स्थानीयलाई क्षतिपुर्ती दिनुपर्ने, नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्मको सहमति भएको छ ।
महानगरपालिका र स्थानीय बासिन्दाबीच भएको सहमति अनुसार तीन महिनाभित्र ल्यान्डफिल साइट पुग्ने सडक खण्डको निर्माण तथा आवश्यक बत्ती लगायतका पूर्वाधार निर्माण गरिने जनाइएको छ।


आफ्नो प्रतिक्रिया दिनुहोस्