न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध: काठमाडौं भ्यु टावरमा निशुल्क पार्किङ व्यवस्था

  • नेपाल राष्ट्रिय दैनिक
  • January 23, 2024
kathmandu parking

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्र वरपरको सडकमा गरिँदै आएको सवारी पार्किङमा रोक लगाउने भएको छ।

महानगरले मंगलबारदेखि लागु हुनेगरि धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभएको छ।

पाण्डेका अनुसार महानगरले काठमाडौं भ्यु टावर (साविकको पुरानो बसपार्क)मा निःशुल्क पार्किङ गर्न पाउने व्यवस्था गरेको र सो स्थानमा ३०० वटा चारपाङ्ग्रे र ७०० वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिनेछ।

सवारी आवागमन सहज बनाउन मंगलबारदेखि पार्किङ निषेध गरिएका निउरोड क्षेत्रका सडक वरपर महानगरले विशेष सरसफाइ गर्ने पनि बताएको छ।

यसअघि महानगरले दरबारमार्ग ,झोँछे लगायत विभिन्न क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५