क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ

  • नेपाल राष्ट्रिय दैनिक
  • August 17, 2023
sandeep lamichhane rape accused

काठमाडौँ- नाबालिकलाई बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासमा लामिछानेको मुद्दाको पेशी तोकिएको छ। विश्वकप छनोटका लागि जिम्बाबे गएपछि पछिल्लो पटक उनको मुद्दामा सुनुवाइ हुन सकेको थिएन।

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको थियो। तर बाहिरबाट मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाएको भन्दै लामिछाने सर्वोच्च अदालत पुगेका थिए र सर्वोच्चले लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो।

बयानका क्रममा सन्दीपले अदालतमा पेश गरेको कागजात शंकास्पद

यता, जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा सन्दीपले अदालतमा पेश गरेको पीडित किशोरीको जन्मदर्ता रहेको वडाको अभिलेख, बसाइसराइ कागजात, कक्षा ८ को भर्ना किताब र अस्पतालको दर्ता किताबको फोटोकपी शंकास्पद देखिएको छ। सन्दीपले किशोरीको उमेर १८ वर्ष पुगिसकेको दाबी गर्दै अदालतमा पेश गरेको जन्म सम्बन्धी कागजात अदालतको दर्ता पुस्तकसंग मेल नखाएको अदालत स्रोतले बताएको छ। दर्ता किताबको विवरण भिडाउदा पीडितको आमाको नाम मात्र मिलेको तर थर लगायत अन्य कुनै पनि विवरण मेल नखाएको बताइएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५