सुदूरपश्चिम र मधेश प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • २२ जेष्ठ २०७९, आईतवार ०८:३३
Province no 7

सुदूरपश्चिम र मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।

आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न दुवै प्रदेशले आज अपराह्न चार बजे प्रदेश सभाको बैठक आह्वान गरेका छन्। दुवै प्रदेशका प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउने सन्दर्भमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर दुवै प्रदेशले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ। प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने प्रावधान रहेको छ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५