काठमाडौं महानगरपालिकामा भिक्षा माग्न निषेध

  • नेपाल राष्ट्रिय दैनिक
  • July 1, 2022
Kathmandu mahanagarpalika

काठमाडौं महानगरपालिकाले एक सूचना जारि गर्दै महानगर क्षेत्रभित्र सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ ।

महानगरले जारि गरेको सूचनामा, साधु, सन्त, भिक्षु वा जोगीले सनातनदेखि चलिआएको परम्परा अनुसार घर-घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्ने बाहेक अन्य अवस्थामा भिक्षा माग्न निषेध गरिएको उल्लेख गरेको छ।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नु नगराउनु भनि जारि गरिएको सूचनामा,सो सूचनाको उल्लङ्घन भएमा २०७४ को दफा १२६, स्थानिय सरकार संचालन ऐन २०७४ र प्रचलित कानुन बमोजिम कारवाही गरिने उल्लेख गरिएको छ।

महानगरपालिकाले असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित व्यवस्थापन गर्ने र सो कार्यका लागि आवश्यक परेमा कसैले पनि मानव सेवा आश्रममा सम्पर्क गर्नसकिने पनि बताएको छ।

Notice
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५