मिलेमतोमा चिनी आयातमा कर लगाइयो

  • नेपाल राष्ट्रिय दैनिक
  • July 3, 2023
Prem suwal 1

प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मिलेमतोमा चिनी आयातमा कर लगाइएको बताउनुभएको छ।

विदेशबाट ल्याइने चिनीमा कर लाग्ने तर चामलमा नलाग्ने सरकारी नीतिले,चामल भनेर चिनी भित्रिइरहेको र अर्थमन्त्रीले सो बारेमा जानकार नभएको जस्तो गर्नु नै मिलेमतोमा आयातीत वस्तुमा कर निर्धारण भएको बताउनुभएको छ।

गरिबले चढ्ने सार्वजनिक यातायातमा पूर्वाधार विकास कर लगाइएको प्रति आपत्ति जनाउँदै, सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउन माग समेत गर्नुभएको हो।

बथाकमा बोल्दै, सुवालले निजी दूरसञ्चार प्रदायकलाई राज्यको स्वामित्वमा ल्याउनुपर्ने र रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५