काठमाडौं- नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव उद्घाटन र चिनियाँ नयाँ वर्ष समारोहको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले नेपालले चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको बताएका छन्।
चीनले हालसम्म गरेको सहयोगको प्रशंसा गर्दै उनले नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दिगोपनाका लागि पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
उनले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको सन्दर्भमा ठूलो संख्यामा चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा आई पर्यटन प्रवद्र्धनमा महत्वपू्र्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र चीनबीच रहेका आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका अपार अवसरहरूलाई सदुपयोग गर्न एवं समृद्ध र सुनौलो भविष्यको लागि हातेमालो गर्दै अगाडि बढ्न आह्वान पनि गरे ।
आफ्नो प्रतिक्रिया दिनुहोस्