देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • ६ बैशाख २०७९, मंगलवार ०७:३५
vitamin

सरकारले दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि देशभर सुरु गर्दैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार आज र भोलि ७५३ नगरपालिकामा राष्ट्रिय भिटामिन ए र जुकाविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ ।

मन्त्रालयले देशभरका २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ लाख बालबालिकालाई जुकाविरुद्धको औषधि दिने योजना बनाएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्थानीय तहले विद्यालय वा नजिकैको स्वास्थ्य केन्द्रबाट औषधिको व्यवस्थापन गर्नेछ ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५