एआईजी बढुवाको निर्णयमा कारण देखाउ आदेश जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • April 6, 2022
sarbochha ad 570464315 1

तीन जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सरकारलाई कारण सोधेको हो । सर्वोच्चको यो निर्णय अन्तिम होइन । तत्कालका लागि सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्न रिट निवेदकले अस्वीकार गरेका छन् ।

सर्वोच्चले कनिष्ठलाई बढुवा गरेको १५ दिनभित्र लिखित कारण माग गर्दै अन्तरिम आदेशमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । दुवै पक्षको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिने वा नगर्ने निर्णय गर्नेछ ।

सरकारले बढुवा गर्ने निर्णय गरेकै दिन गत बिहीबार सर्वोच्चमा रिट दायर भएको थियो ।

मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले सिनियरको सट्टा जुनियरलाई बढुवा गर्ने निर्णय गलत भएको भन्दै अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

उक्त निर्णयविरुद्ध डीआईजी ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन् । सोही दिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिले वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५