जयनगर–कुर्था रेल सेवाको पहिलो दिन

  • नेपाल राष्ट्रिय दैनिक
  • २१ चैत्र २०७८, सोमबार ०७:००
janakpur jayanagar train rail

जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालनमा आएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार भारतको नयाँ दिल्लीबाट रेल सेवाको उद्घाटन गरेका हुन् ।

आइतबार बिहान ८.३० बजे छुटेको रेल १०.१५ बजे जनकपुर स्टेशन पुगेको थियो ।

पहिलो दिन जयनगरदेखि कुर्था र कुर्थाबाट जयनगरसम्मको रेल सामान्य र एसी दुवै डिब्बामा यात्रुले खचाखच भएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो ।

निर्धारित समय अनुसार नियमित रेल चल्न थालेको उनले बताए ।

उनका अनुसार दिनमा दुई पटक सेवा दिने तालिका रहेको छ । उनले जयनगरबाट बिहान ८ः३० र ३ बजे र अर्को रेल १०ः३० र ५ः१५ बजे कुर्थाबाट छुट्ने जानकारी दिए ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५